पब्लिक समाचार

३ हप्ता अगाडि / १७०  पटक हेरिएको

तनहुँ,अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।

‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिनुभयो,’ श्रेष्तेदार कुँवरले भने ‘उहाँले जाहेरीमा गरेको हस्ताक्षर आफ्नै भएको स्वीकार गर्नुभएको छ।’ मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए। उनकाअनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले सो क्रममा दुई जनाको बिषयमा मलाई थाहा छैन ।

मैले सुनेको मात्र हुँ भन्नुभयो,’ उनले भने।आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।

शनिबार, बैशाख १०, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२