बैशाख १०। काठमाडौं महानगरपालिका वडा नं .२ बस्ने वर्ष ३६ को राजु महर्जनलाई बिराटनगर महानगरपालिका वडा नं.१५ / १ नं ढाट बाट १०।९८ ग्राम र नाईट्रोसन २० चक्की लागु औषध सहित पक्राउ गरेको छ।
लागु औषध ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको महर्जनलाई ,चेकजाँचको क्रममा पक्राउ गरेको हो । सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी ले जनाएको छ ।