काठमाडौं,बैशाख १० । पछिल्लो समय उपत्यकाका केहि सडक पेटीहरुमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका सन्देश प्रवाह गर्नको लागि कोरिएका हुन् ।
फुलै फुलको चित्र
प्राकृतिक सौँदर्य देश हाम्रो नेपालमा समासामुहीक सामाजिक बिषय राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन् ।
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।