उदयपुर,१० वैशाख । गाईघाटको मोतिगडामा ड्याडी फुटसल शुक्रबार देखी संचालनमा आएको छ । अखिल नेपाल फुटवल संघको केन्द्रिय सदस्य किरण राई त्यस्तै फुटसल संचालकका आमा शंकवरती चौधरीले संयुक्त रुपमा एक कार्यक्रमका बीच फुटसलको उद्धघाटन गरे संगै संचालनमा आएको हो ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर ३, मोतिगडामा अवस्थित ड्याडी फुटसल सेवा जिल्लामै पहिलो पल्ट संचालनमा ल्याएको ड्याडी फुटसल उदयपुरका संचालक दिल कुमार चौधरीले बताए । अनुसार फुटसल निमार्ण गर्न झण्डै एक करोड रकम खर्च भएको बताए ।
उदयपुरमा पनी फुटसल संचालनमा आउनु भनेको खेलकुदको क्षेत्रमा गर्वको विषय रहेको र सवैजनाको साथ सहयोगले फुटसल लाई संरक्षण गर्न जरुरी रहेको अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य किरण राइले बताए । आधुनिक सुविधा रहेको फुटसलमा फाइभ ए साइड २४ सै घन्टा खेल्न सकिने जनाएको छ ।
शनिबार, बैशाख १०, २०७९मा प्रकाशित गरिएको