पब्लिक समाचार

३ हप्ता अगाडि / १४७  पटक हेरिएको

काठमाडौं, बैशाख १० । नेपाल कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन सफल केही कलाकारहरु पनि यति बेला आफ्नो उम्मेदवार दर्ता प्रकृया सुरु भएको छ । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् ।

आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि बरिष्ठ कलाकार श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफ्नो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन् ।

बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।

शनिबार, बैशाख १०, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२