पब्लिक समाचार

५ महिना अगाडि / ४९०  पटक हेरिएको

धन कुमार श्रेष्ठ ( महासचिव, नेपाल लाइब्रेरी फाउण्डेशन )
उदयपुर कारागारमा हालै पुस्तकालय स्थापना भएपछि जहाँका कैदिबन्दिहरूले पढ्न पाउने भएकाछन् । यसअघि यस कारागारमा यस प्रकारका पुस्तकालय संरचना थिएन । उनिहरू टिभि हेरेर, सुतेर समय बिताउन बाध्य थिए । अब त्यो टिभि हेर्ने र सुतेर बिताउने बाध्यता किताव पढ्ने अवसरमा बदलिएकोछ उदयपुर कारागारमा । ७७ वटै जिल्ला कारागारमा पुस्तकालय भए सुधार गर्ने, नभए स्थापना गरि दिने सोच, दृष्टिकोण, उद्देश्य र लक्ष बोकेर कारागारमा पुस्तकालय अभियान चलाउने नेपाल लाइब्रेरी फाउण्डेशन उदयपुर कारागारमा पुस्तकालय स्थापनाकानिम्ति बिदेशभूमिमा बस्ने यहि जिल्लाका ब्यक्तिलाइ आर्थिक संयोजनको जिम्मा दिन चाहान्थे । र, फाउण्डेशनले यहि रणनीति बोकेर अरू जिल्लाकालागि पनि बिदेशमा बस्नुहुने मनकारी मनहरू खोज्न थाले । यहि सन्दर्भमा म यहि जिल्लाका ब्यक्ति भएको नाताले यो अभियान सर्वप्रथम उदयपुर जिल्लाबाट श्रीगणेश गर्ने गरि संयोजन गर्ने ब्यक्तिको खोजीमा जुट्नेक्रममा कुनै जमानामा एउटै विद्यालय ९त्रियुगा मा। बि।० पढेका हाल युके बस्दै आएका एकजना साथीलाइ सम्झन पुगें । र, तुरन्त निजको मेसेन्जरमा एकरात नोटिस छोडें । भोलिपल्ट ओके भन्ने सकारात्मक रेस्पोन्स आयो र थ्याङ्क्यू भनेर जवाफ लेखें । त्यसपछि मैले संस्थागतरूपमा एउटा जिम्मेवारीपत्र तयार पारि पोष्ट गरिदिएँ निजले सोपत्रलाइ सहर्ष स्विकार्नु भयो र काम अगाडि बढ्यो । जिम्मेवारी पत्रमा “नेपाल लाइब्रेरी फाउण्डेशनले उदयपुर कारागारमा पुस्तकालय स्थापना गर्ने सवालमा तपाइ उदयपुरे भएको नाताले रकम सञ्कलनको संयोजनकारी भूमिका निर्वाह गरि दिनुहुन” उल्लेख थियो । उहाँ आफ्नो जिल्लाका कारागारमा पुस्तकालय स्थापनाकालागि बिश्वका बिभिन्न देशमा बस्नुहुने उदयपुरेहरूको खोजीमा जुट्नु भयो । हामीले अनुमान गरे बमोजिमका रकम सञ्कलनमा सफलता मिलेपछि काम शुरू गरौं भन्ने सूचना आयो । तदपश्च्यात् उदयपुर कारागार भित्र पुस्तकालय बनाउने कोठाको छनौट, बन्दिहरूसंग पुस्तक पढ्ने रूचि बारे छलफलकानिम्ति निजका सहोदर भाइ मदन र संग पुस्तकालयका अध्यक्ष भरतजीले कारागार कार्यालयसंग सम्पर्क राखि प्रारंभिक कामको थालनी गरे । बिदेशमा छरिएर रहने उदयपुरेहरूको पहिचान गरि यथासक्य सहयोगकानिम्ति हात थाप्ने ब्यक्ति हुनुन्थ्यो त्रियुगा न। पा। ८ निवासी हाल बेलायत बस्दै आउनुहुने मनकारी अर्जुन कुमार कटुवाल । उहाँले यो परियोजनालाइ आत्मसात् गर्नु भएकै कारण उदयपुर कारागार पुस्तकालय स्थापना गर्न सफलता मिलेकोछ म सर्वप्रथम् उहाँप्रति कृतज्ञता प्रकट गर्दछु ।

अर्जुनजीले जोजोसंग हात थाप्नुभयो । विश्वासबस् खुसिको सहयोग प्राप्त गर्दै जानुभयो । उदयपुरको कारागारमा कोहि एकको मात्र साथ र सद्भाव छैन, दर्जनबढिको सहभागिता रहेकाछन् । संयोजनकर्ता स्वयमले ३५ हजार ७ सय प्रदान गरेर शुरू गरिएको अभियानमा निरज कटुवाल जापान ५० हजार, इन्दिरा न्यौपाने युके ४० हजार, अर्जुन कार्की अमेरिका ४० हजार, रबिन गिरि युएइ ११ हजार, अरूणा देबि खड्का इजरायल ११ हजार, योगागुरू मोहन कार्की भारत ११ हजार, कृष्ण कटुवाल अष्ट्रेलिया ११ हजार, पि।एल। बि। क्यानडा ११ हजार र गणेश ओझा बेलायत १५ हजार ३ सय सहर्ष प्रदान गर्नु भएकाछन् । उहाँहरूको साथ, सहयोग, सद्भाव, ऐक्यबध्दताको संमिश्रणको बाबजुद आज उदयपुरका कैदिबन्दिहरूले पढ्न पाउने गरि पुस्तकालय स्थापना भएकाछन् । यस महान् कार्यमा गाँस काटेर सहयोग गर्नुहुने मनकारी मनहरूप्रति म हार्दिकतापूर्वक आभार तथा धन्यबाद टक्र्याउन चाहन्छु ।

नेपाल लाइब्रेरी फाउण्डेशनले अभियान घोषणा गर्यो, श्रोत सञ्कलनको योजना बनायो, जिम्मेवारी तोक्यो, यस अभियानमा सहयोगी मनहरू हाजिर भए, सबै मिलेपछि श्रोत पनि जुट्यो, जसलाइ परिचालन गरेर नेपाल लाइब्रेरी फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय उदयपुर र कारागार कार्यालय उदयपुरसंग समन्वय, सहकार्य गर्यो, तदपश्च्यात् कारागार कार्यालय उदयपुरले चुस्त संयोजन गरि दियो । अन्ततः छोटो समयमै उदयपुर कारागारमा पुस्तकालय स्थापना भइ उद्घाटन पछि हस्तान्तरण भयो । यहाँसम्म आइपुग्दा आर्थिक संयोजनकर्ता अर्जुन कुमार कटुवाल, गाँस काटेर समर्पित गर्नुहुने मनकारी मनहरू, मदनराज कटुवाल, भरत खड्का, प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, कारागार कार्यालय प्रमुख डिगम कार्की, पुस्तक प्रकृयागत कार्यमा साथ दिनुहुने यज्ञराज भट्ट ९नेपाल लाइब्रेरी फाउण्डेशन० लगायत सम्बध्दजनहरू धन्यबादका पात्र ठहरिनु भएकोछ ।

मंगलबार, आषाढ १४, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२