१३ साउन २०७९ -एक नं प्रदेशको उदयपुरबाट आरंभ भएको कारागारमा पुस्तकालय स्थापना अभियान गण्डकी प्रदेशको बागलुङमा प्रवेश भएकोछ ।

बन्दिगृहकोरूपमा रहेको कारागारलाइ सुधार गृहमा बदल्ने उद्देश्यकासाथ नेपाल लाइब्रेरी फाउण्डेशनले अगाडि सारेको उक्त अभियानलाइ सफल पार्न र बागलुङ कारागारमा पुस्तकालय स्थापना गर्न अन्तर्राष्ट्रिय बागलुङ समाजको आर्थिक सहयोगसहितको सहभागिता जुटेपछि आज एक बिधिवत कार्यक्रमकासाथ गण्डकी प्रदेशका माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलज्यू र बिशिष्ठ अतिथिहरूद्वारा संयुक्तरूपमा उद्घाटन पश्चात् कारागार प्रशासनलाइ हस्तान्तरण गरिएकोछ ।

पुस्तकालय हस्तान्तरण पछि प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बागलुङ कारागारमा पुस्तकालय स्थापना भएकोमा खुसि ब्यक्त गर्दै यसको प्रभावकारी परिचालन गर्न कारागार प्रमुखलाइ निर्देश गर्दै सबै बन्दिहरूलाइ उपयोग गर्न सुझाब दिनु भयो । प्रमुख अतिथिकोरूपमा माननीय पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले आफूपनि २०४२ सालमा ५ महिना र २०६२ सालमा १ महिना यहि कारागारमा बन्दिजीबन बिताएको अनुभव सुनाउदै यस कारागारको थप सुधार र स्थापित कारागार पुस्तकालयको बृति विकासमा सघाउने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउण्डेशनद्वारा संयुक्तरूपमा आयोजना गरिएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिकोरूपमा काँठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङका तिनवटा सुरक्षा निकायका प्रमुखहरूकासाथै बागलुङ उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन शाक्य, बौध्दिक व्यक्तित्व डिल्लिराम सुबेदी, बिभिन्न वडाका वडाअध्यक्षहरु, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नबिन शिसिर तथा अन्य पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

हस्तान्तरित पुस्तकालयमा बिभिन्न जीवनोपयोगी, ज्ञानबर्धक, उत्प्रेरणात्मक ७०० थान पुस्तकहरू ब्यबस्थित गरिएकोछ भने उक्त पुस्तकालयको सञ्चालन, संरक्षण र उपयोगलाइ प्रभावकारी बनाउने उद्देश्यले बन्दिहरू मध्येबाट सोप बहादुर रोक्काको संयोजकत्वमा ११ सदस्यीय कारागारपाठक क्लब गठन गरि श्रावण १२ गते नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठद्वारा ३ घण्टे सहजीकरण गरिएको थियो । र, ११ सदस्यीय पाठक क्लबका सदस्यहरूकै हातबाट पुस्तकालय ब्यबस्थापन गराइएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रीय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले, स्वागत मन्तब्य अन्तर्राष्ट्रीय बागलुङ समाजकै उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजनकर्ता रमेश भट्टले र कार्यक्रम सञ्चालन नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठले गरेका थिए।

 

शुक्रबार, साउन १३, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२