१५ साउन २०७९-गाईघाटको छठ पुजा तथा दुर्गा पुजा व्यवस्थान समितिको साधारण सभा अधिवेशन सनिबार सम्पन्न भएको छ । दुर्गा पुजा व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतले पुनअनुराग गुप्ता लाइ पारित गरेको बताइएको छ । छठ पर्वका श्रद्धालुहरुको भेलाले यस समिति गठन गरेको हो । गुप्ताले यसअघि पनि दुई कार्यकाल अध्यक्षमा रहेर पूजा व्यवस्थापनको काम गरि सकेको छ ।
समितिको उपाध्यक्षमा निर्मला देवी ,सचिवमा उमेश प्रसाद गुप्ता, सह सचिवमा अनिल गूपता कोषाध्यक्षमा शिलाकुमारी महतो र सदस्यहरुमा सुनिल साह, सुनिल महतो, वविता साह, शंकर साह, ललित नायक र खेमराज गुप्ता सर्वसहमत चयन भएको छ ।
त्यसैगरी छठ पुजा व्यवस्थापन समितिमा चन्दनकुमार साह (हलुवाई) अध्यक्ष निर्वाचित भएका छन् ।त्यसैगरी उपाध्यक्षमा श्यामकुमार भगत, बिजयकुमार साह, अनिता भगत सचिवमा ललितकुमार नायक सह सचिवमा शम्भु प्रसाल शर्मा कोषाध्यक्षमा सुरज साह निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रमिला थापा, अनिता खतिवडा, सिंहेश्वर गुप्ता, चन्डेश्वर विश्वकर्मा, भगतकुमार झा, राजकुमार ठाकुर, निर्मला गाई र लक्ष्मी गुप्ता निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरत खड्काले जानकारी दिनु भयो ।
समितिले यो वर्ष स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुलाई बोलाएर पर्व मनाउन लागेको अध्यक्ष साहले बताए । मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पर्व आगामी कार्तिक १३ गते परेको छ । प्रेम र सदभाको प्रतीकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि शुरु हुने भोलिपल्ट अस्ताउदो सूर्यलाई अर्घदिएसंगै समापन हुने गर्छ।
आइतबार, साउन १५, २०७९मा प्रकाशित गरिएको