१६ साउन २०७९ उदयपुर- संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले रगतदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्ने हेतुले परोपकारी भावले कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष पुण्यप्रसाद पौड्ेलले बताए ।
संगठनको बार्षिक कार्यक्रम अनुसार रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । तत्कालिन शासकहरुले गरेको अत्याचारको विरुद्धमा आन्दोलनगर्दा मनोज जोशिलाई २०४८ साउन १५ खोटाङको दिक्तेल, झपेन्द्र कार्कीलाई २०४६ र सरेन्द्र विकलाई २०६४ माघ ८ गते कोटडाँडा ८ मुगुमा राज्य पंक्षबाट गोली हानी हत्या गरिएको थियो । रक्तदान कार्यक्रम अघि संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सहिद द्धयले मुलुक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले सहिदद्धयलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य बेदप्रसाद पोखरेल, बिमल कार्की, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिवालय सदस्य सृजना दनुवार, संगठनका केन्द्रिय सदस्य महेश फुयाँल लगायतले बोलेका थिए ।सोहि दिन जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।फलफूल वितरण एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति उदयपुरले वितरण गरेका हुन् ।
सोमबार, साउन १६, २०७९मा प्रकाशित गरिएको