१६ साउन २०७९उदयपुर -कटारी घुर्मि सडक अन्तरगत को बर्मि र मरुवा को बीचमा सोलु बाट बिराटनगर तर्फ अाईरहेको बस दुर्घटना ग्रस्त हुदा १५ जना घाईते भएको छन । बा ३ ख २९५६ नम्बरको यात्रु बाहक बस दिउँसो २ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा सरोज कुमार झा,तेज कुमार राई, भुपेन्द्र पोखरेल, संजिव राउत,खड्क बहादुर भुजेल, युवराज कोईराला, धनमाया भुजेल,जित बहादुर बिसुङखे,यादब कुमार दाहाल , तेज प्रसाद नेपाल ,गंगा देबी भुजेल, टेकराज कोईराला, रहेका छन् ।घाईतेहरु अधिकांशलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने सामान्य अवस्थाका घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोमबार, साउन १६, २०७९मा प्रकाशित गरिएको