१६ साउन २०७९,-उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा उदयपुर, भुमरसुवाका केशव कुमार बस्नेतको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले उनको मात्रै नाम सिफारिस गरेको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको अध्यक्ष छनौटका लागि सिफारिस समिति बनाई गत असार ३० गते दरखास्त आव्हान गरेको थियो । आवेदन दिएकामध्ये नौ जनालाई अन्तरवार्ताका लागि बोलाइए पनि बस्नेतको मात्रै नाम नियुक्तिका लागि सिफारिस गरिएको छ । बस्नेत पुराना काँग्रेसी नेता हुन् उसिउलिमा झण्डै ३ वर्षदेखि अध्यक्ष पद रिक्त रहेको थियो । पछिल्लो अध्यक्ष अक्रुर खड्काको २ वर्षे कार्यकाल ०७५ मा सकिएयता सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको थिएन । पूर्ण सरकारी स्वामित्वको उसिउलि सञ्चालक समितिको अध्यक्ष आउन अब केहि दिन प्रतिक्षा गर्नुपर्ने भएको छ ।