१७ साउन २०७९-राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो। विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ ।यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो। यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।