२० साउन २०७९-परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख छ । भ्रमण तालिकाअनुसार मन्त्री खड्काले चिनियाँ मन्त्री वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।