पब्लिक समाचार

४ हप्ता अगाडि / १२३  पटक हेरिएको

१७ कार्तिक २०७९, बिहिवार -प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले बुधबार विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा सञ्चालित नमुना मतदान प्रभावकारी भएको छ ।मोरङका १७ स्थानीय तहमध्ये बुधबार विराटनगर महानगरपालिकामा नमूना मतदान गरिएको हो । आज (बिहीबार)देखि दुईवटा टोलिले बाँकी १६ स्थानीय तहमा नमूना मतदानको कार्यक्रम सञ्चालन गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले  जानकारी दिनुभयो । यससँगै आज देखि नै मतदाता शिक्षा समेत मोरङमा सुरु गरिने भएको छ । स्थानीय तहमार्फत सञ्चालन हुने मतदाता शिक्षामा प्रत्यक्ष घरदैलो र सामुदायिक कार्यक्रम गरिने छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्रको अवस्था हेरेर निर्वाचन अधिकृत र त्यहाँ खटिने सुरक्षा निकायका प्रमुखलाई मतपेटिका ले–आउट तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मतदानमा सहभागी मतदातालाई सहज बनाउनका लागि मतदानस्थलको अवस्था हेरेर व्यवस्थापनमा विशेष ध्यान दिईने भएको हो । त्यसका लागि मतदान अधिकृत नियुक्ति भएपछि सम्बन्धित केन्द्रमा खटिने सुरक्षा प्रमुख र अधिकृतलाई मतपेटिका हार्बोरिङ्ग तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

बिहिबार, कार्तिक १७, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२